जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सोझा किसानलाई कुखुराको दानाको तौलमा सुरज वैद्यको कम्पनीले ठगी गरेको प्रमाणित

सोझा किसानलाई कुखुराको दानाको तौलमा सुरज वैद्यको कम्पनीले ठगी गरेको प्रमाणित

कृषि व्यवसायीकरणमा विभिन्न नारा दिई कृषकलाई पोलट्री उत्पादनमा अभिप्रेरित गर्ने चिरपरिचित व्यवसायी सुरज वैद्यको कम्पनीले  ठगी गरेको प्रमाणित भएको छ ।  चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलो मात्र दाना बिक्री गरेको पाइएको विभाग मातहतको कार्यालय वीरगन्जले जनाएको छ । यो उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल पाइयो’, नाप तौल कार्यालय वीरगन्जका प्रमुखले भने, ‘तौल कम भएको १० बोरा दाना जफत गरेको जनाएको छ ।
कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिन पुगेका छन् । कोभिड भ्याक्सिनको कमिसनको विषयमा उनलाई एक टेलिभिजन कार्यक्रममा प्रश्न गर्दा , यदि त्यसो भएमा उनले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको छविलाई खराब गर्दे वैद्य कमिसन लगायतका विभिन्न अनैतिक क्रियाकलापमा संलग्न भएका समाचारहरू छापिँदै आएको छ ।
नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारी भएको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा अदालत जाने चरणमा छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने कानुनी प्रावधान छ
किसानको उजुरीपछि वैशाख १९ गते परीक्षण गर्दा ठगी पुष्टि भएको उनले बताए । त्यसपछि मुचुल्का उठाएर ठगिएका किसान र उद्योगका अधिकारीलाई बयानका लागि बोलाएको तर लकडाउनले असर परेको बताइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहोवरमा पीडित किसानलाई राखेर दानाको तौल जाँचिएको यादबले बताए । उनका अनुसार, वाणिज्य विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ भने नाप तौल तथा गुणस्तर कार्यालयले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरपालिका–२३ का किसान मोहन शर्माले  नेपाल वेलहोप एग्रिटेक प्रालिको विजय पेल्लेट (दाना) दुई वर्षदेखि कुखुरालाई खुवाई रहेका थिए । वैशाख दोस्रो हप्ता किनेको १० बोरा दानाको बोरा खुकुलो पारेर सिल नखोली घरमै तौलँदा ५० किलोको बोरामा ४६ किलो १०० ग्रामदेखि ६०० ग्रामसम्म मात्र भेटिएको थियो । ‘आफ्नो काँटा बिग्रियो भनेर नजिकै साथीको मेसिनमा बोराहरू तौलिदा पनि कम नै फेला परेको भेटिएको थियो । त्यस पछि उनले जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र अन्तिममा नाप तौल तथा गुणस्तर विभागमा उजुरी गरेका थिए ।
भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष  पौडेलले बोहराले दानाको बोरा तौलँदा आफूलाई पनि साक्षी राखेको बताए । ‘उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयबाट सिफारिस पनि गरिएको छ ।
नेपाल वेलहोप एग्रिटेक प्रालि वैद्य अर्गनाइजेसन एण्ड ट्रेडिङ हाउस अन्तर्गतको उत्पादन मुलुक उद्योग हो । गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रावधान छ । त्यसैअनुसार मुद्दा दायर गरिने बताउँदै विभागको वीरगन्ज कार्यालय प्रमुख यादब भन्छन्, ‘ऐनले मुख्य सञ्चालकमाथि मुद्दा चलाउने भनेको छ ।

5570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका