जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।  कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।

बैंकका क्षेत्रीय प्रबन्धक पूणर् बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य  नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख  कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् लाभ, एभरेष्ट बैंक लि., विराटनगरका शाखा प्रबन्धक साजन के.सी र क्षेत्रीय कार्यालयका  रमेश भण्डारीको उपस्थिति रहेको थियो ।

3680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?