जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतको अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्‌ ।

बैंक र भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरूमा यो छुटको व्यवस्था लागू हुने सिटिजन्स बैंकले जानकारी दिएको छ । ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन्‌ ।

सिटिजन्स बैंकले भारतस्थित हस्पिटल्सहरूसँग गरेको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले भारतस्थित मेदान्त– द मेडिसिटी अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदानगर्दै आएको छ ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका