जोडिनुहोस
मङ्लबार, जेष्ठ १६, २०८०
मङ्लबार, जेष्ठ १६, २०८०
  • होमपेज
  • सिभिलबाट बिदा लिएका पोखरेल एसियाकै पहिलो सीइओको रुपमा विदेशी बैंकको सीइओ नियुक्त

सिभिलबाट बिदा लिएका पोखरेल एसियाकै पहिलो सीइओको रुपमा विदेशी बैंकको सीइओ नियुक्त

स्वेच्छिक अवकास लिएर सिभिल बैंकको सीइओबाट बिदा भएका सुनिल पोखरेल विदेशी बैंकको सीइओमा नियुक्त भएका छन्। पोखरेल पपुवा न्युगिनीमा पहिलो कमर्सियल बैंकको रुपमा सञ्चालनमा आउन लागेको ‘टिसा कमर्सियल बैंक’ को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

पोखरेललाई एसियाकै पहिलो सीइओको रुपमा पपुवा न्युगिनीको उक्त बैंकमा जिम्मेवारी सम्हाल्ने अवसर मिलेको हो। भुगोल र जनसङ्ख्यामा नेपालभन्दा सानो भए पनि कुल ग्राहस्थ उत्पादनमा नेपालकै अवस्थामा रहेको पपुवा न्युगिनीमामा अहिलेसम्म विदेशी बैंक मात्र सञ्चालनमा रहेका छन्। टिसा कमर्सियल बैंक पपुवा न्युगिनीको स्थानीयस्तरको पहिलो कमर्सियल बैंक हो।

पोखरेल नेपालको स्ट्याण्डर्ड चार्टड बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरी नबिल, एनआइसी एसिया हुँदै सिभिल बैकमा डेपुटी सीइओ हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका थिए । प्रमुख कार्यकारीको हैसियतले हिमालयन बैंकसँग सफलतापूर्वक मर्ज गराएर बिदा भएका पोखरेलसँग आफ्नो ३१ वर्षको बैंकिङ करियरमा नेपालमा २२ वर्ष र अफगानिस्तान, म्यानम्यारलगायतका देशमा ९ वर्ष काम गरेको अनुभव छ।

नेपालकै अर्को बैंकको साट्टा फेरि विदेशी बैंकमा नै किन भन्ने बिजपाटीको प्रश्नमा पोखरेलले आफूले त्यहाँ आवेदन दिएको नभइ उक्त बैंकको टिमले नै आफूलाई एप्रोच गरी सीइओको जिम्मेवारी दिएको पोखरेलले बताए।

‘अहिलेसम्म तपपुवान्युगिनीमा सञ्चालनमा रहेका विदेशी बैंकमा न्युजिल्याण्ड र बेलायतका नागरिक प्रमुख कार्यकारी अधिकृत भएको सुनेको छु, एसियाकै पहिलो सीइओको रुपमा पपुवान्युगिनीको कमर्सियल बैंकमा सीइओको जिम्मेवारी पाउनु मेरो लागि र राष्ट्र बैंक कै लागि पनि गर्वको विषय हो’, उनले भने।

नेपालको बैंकिङ क्षेत्रमा अनुशासित र कुशल बैंकरको रुपमा पहिचान बनाएका पोखरेलले बैंकिङ जिम्मेवारीका साथसाथै काठमाडौँ विश्वविद्यालयमा अध्यापनसमेत गराउँदछन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?