जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देउखुरी सहकारीमा ५ करोड हिनामिनामा गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा

देउखुरी सहकारीमा ५ करोड हिनामिनामा गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा

दाङको एक सहकारीमा ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दायर भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा दायर भएको हो । राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
उक्त मुद्दा मंगलबार दर्ता भएको हो । उजुरीपछि सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सहलेखापालकी श्रीमती हुनुको नाताले उषा राना थापालाई अन्य शीर्षकमा पक्राउ गरिएको छ । रकम हिनामिना गर्ने मुख्य व्यक्तिमध्ये सहलेखापाल राना देखिएको हुँदा मिलेमतोको आशंकामा श्रीमतीलाई पनि पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको शुक्रबारदेखि थुनछेक बहस सुरू भएको बताउनुभयो ।
बैंकिङ खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘सहकारीमा हिनामिना भएको बारेमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका पाँच जनाको बयान सकिएको छ । शुक्रबारबाट थुनछेकको बयान भएको छ । अरु बाँकी फरार छन् ।’


सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी फरारको सूचीमा राखिएका छन् । सुवेदी सहकारीका लेखा सुपरीवेक्षण समिति अन्तरगत रहेको हुँदा उनीविरूद्ध पनि मुद्दा परेको हो ।
सुवेदी सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए । कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
पक्राउ नपरेका २० जना फरार सूचीमा राखिएको अदालतका सूचना अधिकारी गिरीले बैंकिङ खबरलाई जानकारी गराए । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी दाङले भने प्रतिवादीहरू आफैं अदालतमा हाजिर हुन नआए पक्राउ गरेर ल्याइने जनाएको छ । केही समय पहिले मात्रै चार वटा सहकारी मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्थाको निर्माण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष भन्नुहुन्छ, ‘मैले सहकारीको कुनै हिनामिना गरेको छैन’


यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी भने आफुले सहकारीको कुनै रकम हिनामिना नगरेको दाबी गर्नु भएकाे छ । बैंकिङ खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो,‘संस्थापन बेलामा मलाई लेखा संयोजक भनेर राखिएको थियो । त्यसले गर्दा सोधपुछको लागि अदालतले बोलाउने भनेको होला । त्यहि चिजले भाइरल बनाएर अध्यक्षको मिलेमतोमा पाँच करोड हिनामिना भन्ने आयो  । मलाई के थाहा ? धेरै वर्ष अगाडी राजनीतिमा म डाइभर्सन भएर म गाउँपालिकातिर आए । त्यहाँ बस्ने कर्मचारीले बदमासी गरेको छ । बुझ्दै गर्दा उक्त कर्मचारीले पनि आफैँले  हो भनेर स्वीकारेको अवस्था छ । ’

5630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?