जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेको इन्स्योरेन्स को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्स को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १७ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १८ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले असार ३१ गते आफ्नै कार्यालयमा  भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५.५ प्रतिशत बोनस शेयर र कर  प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै  नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

3690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?