
नेपालीहरुको बैंक खाता प्रयोग गरेर ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठमेलबाट ३५ वर्षीय चुईफ्याङलाई पक्राउ गरेको हो । पक्राउ परेका फ्याङले समाजिक सञ्जालमार्फत नेपालीसँग कुरा गरेर विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेको र नेपालीको बैंक खाता प्रयोग गरी क्रिप्टोबाटपैसा विदेश लैजाने गरेको खुलासा भएको छ ।
उनले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँको क्रिप्टो कारोबार गरेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका फ्याङमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार














































