जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यूनियन लाइफद्धारा बीमा बापतको १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफद्धारा बीमा बापतको १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा बापतको १ करोड २ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोरोना संक्रमण भई मृत्यु भएका पिताम्बर महतोको श्रीमती जमुना कुमारी महातोलाई कम्पनीले उक्त बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको हो ।

उक्त दाबी रकम इन्स्योरेन्स कम्पनीका उप कार्यकारी प्रमुख कपिल कुमार दाहालले गत असार २६ गते उक्त रकम भुक्तानी गरेको कम्पनीका बागमती प्रदेश उपप्रमुख राकेश महर्जनले जनाएका छन् ।

महतोको कोरोना संक्रमणका कारण २०७८ जेठ महिनामा उपचारका क्रममा हस्पिटलमा मृत्यु भएको थियो । महतो यूनियन लाइफ इन्स्योरेन्सको नक्साल शाखामा आबद्ध भई विगत १ वर्षदेखि एजेन्सी म्यानेजरको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

Sent from my iPhone

6160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका