जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुल जनसंख्याको तुलनामा बैंक खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले वृद्धि

कुल जनसंख्याको तुलनामा बैंक खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले वृद्धि

पछिल्लो समय बैंक खाता खोल्नेको संख्या उल्लेख्य वृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्त कम्पनीहरुको शाखा ६ हजार ४८८ वटा पुगेको छ । जसमा वाणिज्य बैंकहरुको ५ हजार ९० वटा, विकास बैंकहरुको १ हजार १२३ वटा र वित्त कम्पनीहरुको २७५ वटा पुगेका छन् ।

सो अवधिमा निक्षेप र कर्जाको गरी ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् । जसमा ४ करोड ७४ लाख २४४ निक्षेप खाता र १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खोलिएका हुन् ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म नेपालको कुल जनसंख्याको तुलनामा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको छ । यस्तै नेपालमा बचत खाता मात्रै नेपालको जनसंख्या भन्दा ५८.१३ प्रतिशतले बढी रहेको छ । नेपालको जनसंख्या २ करोड ९९ लाख ७४ हजार ३ सय ६० जना रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् । नेपालमा बचत खातामा डुब्लिकेशन धेरै रहेको गुनासो पनि छ ।

चालु आर्थिक वर्षको कात्तिक बैंक खाता ४ करोड ७४ लाख २४४ खाता खोलिएका छन् । जसमा वाणिज्य बैंकबाट ४ करोड ८ लाख ६१ हजार ६२१, विकास बैंकबाट ५८ लाख ४० हजार ९५०, वित्त कम्पनी ६ लाख ९७ हजार ६७३ वटा बचत खाता खुलेका छन् ।

यस्तै कात्तिक मसान्तसम्म १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खुलेका छन् । जसमा वाणिज्य बैंकबाट १४ लाख ९५ हजार ७८१ वटा, विकास बैंकबाट २ लाख ९० हजार १९८ वटा र वित्त कम्पनीबाट ४१ हजार ५८७ वटा खाता खुलेका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म ब्रान्चलेश बैंकिङ १ हजार ४२० वटा रहेकामा वाणिज्य बैंकको १ हजार ३९५ र विकास बैंकको २५ वटा रहेका छन् ।

यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख ३ हजार ६८० रहेका छन् । जसमा वाणिज्य बैंकको १ करोड ६९ लाख ३४ हजार २१९ रहेको छ भने विकास बैंकमा २३ लाख ४७ हजार २५१ र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिनेको संख्या १ लाख २२ हजार २१० जना रहेका छन् ।

यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ५० हजार ९३६ रहेका छन् । जसमा वाणिज्य बैंकबाट १३ लाख ११ हजार ५८६, विकास बैंकबाट ४ लाख २८ हजार ३६२ र वित्त कम्पनीबाट १० हजार ९८७ रहेको छ ।

कात्तिक मसान्तसम्म ४ हजार ६९६ वटा एटिएम रहेका छन् । जसमा ४ हजार ३२७ल वटा वाणिज्य बैंकको, ३२५ वटा विकास बैंक र ४४ वटा वित्त कम्पनीको रहेको छ।

१ करोड १७ लाख ३८ हजार ९७३ डेबिट कार्ड जारी भएका छन् । जसमा वाणिज्य बैंकबाट १ करोड १० लाख ५४ हजार ८३५ वटा, विकास बैंकबाट ६ लाख ३४ हजार ८९४ र वित्त कम्पनीले ४९ हजार २४४ वटा कार्ड जारी भएका छन् ।

यस्तै क्रेडिट कार्ड लिनेको संख्या २ लाख ६९ हजार ४७६ वटा कार्ड जारी भएको छ । जसमा वाणिज्य बैंकको २ लाख ६९ हजार ३८९ वटा र विकास बैंकबाट ८७ वटा कार्ड जारी भएका छन् ।

प्रिपेड कार्ड भने १ लाख १९ हजार ९८४ वटा जारी भएका छन् । जसमा वाणिज्य बैंकबाट १ लाख १८ हजार ७३७ वटा र विकास बैंकबाट १ हजार २४७ वटा कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको छ ।

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका