जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश शेयरधनीहरुको खातामा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश शेयरधनीहरुको खातामा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ ।

बैंकले ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई गत जेठ २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारीत गरेको थियो ।

इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो । साथै उक्त मिति भन्दा पछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत बैंक खातामै लाभांश जम्मा गर्ने कम्पनिले जनाएको छ ।

साथै बैंकलेआफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश लिन अनुरोध गरेको छ ।

4850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका