जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एक सातामा ४७ अर्बले बढ्यो डिपोजिट, असारमा मात्रै कहाँबाट आयो ५५ अर्ब रुपैयाँ ?

एक सातामा ४७ अर्बले बढ्यो डिपोजिट, असारमा मात्रै कहाँबाट आयो ५५ अर्ब रुपैयाँ ?

असार तेस्रो सातामा मात्रै बैंकिङ प्रणालीमा ४७ अर्बको निक्षेप थुप्रिएको छ । असार १८ गतेसम्मममा भने ५५ अर्बले निक्षेप बढेको बैंकर्स संघले जनाएको छ । सरकारले आर्थिक वर्षको अन्तिममा आएर एकै पटक खर्च गर्दा बैंकिङ प्रणालीमा निक्षेप बढेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

निक्षेप बढे अनुसार कर्जा लगानी भने धेरै कम छ । यस अवधिमा बैंकहरुले खासै कर्जा लगानी गर्दैनन् । अर्को तर्फ बैंकहरुले कर्जा असुलीका लागि ताकेता गर्ने भएकाले पनि निक्षेप बढेको उनिहरु बताउछन् । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित कर्जाका लागि रिफाइनान्सको व्यवस्था गरेको छ । रिफाइनान्सका क्रममा बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढ्ने गर्छ ।

असार १८ गतेसम्ममा बाणिज्य बैंकहरुमा ४० खर्ब ४६ अर्ब रुपैयाँको निक्षेप जम्मा भएको छ । त्यस्तै कर्जा लगानी भने ३६ अर्ब ६८ अर्ब रुपैयाँको भएको छ । गएको फागुन चैत बैशाखमा बैंकहरुबाट अत्याधिक कर्जा लगानी भएको थियो । त्यस अवधिमा उद्योग व्यवसायीहरुले पुर्वाधारका लागि आवस्यक पर्ने सामाग्री आयातका लागि लिएका थिए । असारमा जति धेरै खर्च हुन्छ त्यहि अनुपातमा बैंकहरुमा निक्षेप पनि बढ्ने बैंकरहरु बताउछन् ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका