जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रतिकित्ता १० रुपैयाँमा राबिबिको १० करोड इकाई म्युचुअल फन्ड आजबाट खुल्यो

प्रतिकित्ता १० रुपैयाँमा राबिबिको १० करोड इकाई म्युचुअल फन्ड आजबाट खुल्यो

राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रवद्र्धित आरविवि म्युचुअल फण्ड आज (असार २३ गते) देखि खुलेको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत १ अर्ब रुपैंया (१० करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ आज (असार २३ गते बुधबार) देखि बिक्री खुल्ला गरेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम १ करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो शेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले meroshare.cdsc.com.np मा गई आवेदन दिन सक्नु हुनेछ । छिटोमा असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

2465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?