जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भेस्पा इलेक्ट्रिक स्कुटर विद्युतीय मोडल !

भेस्पा इलेक्ट्रिक स्कुटर  विद्युतीय मोडल !

चार चक्के गाडीहरूका विद्युतीय मोडल सफल भइरहँदा स्कुटरमा पनि प्रयोग भइरहेको छ। लामो दुरी र पावरका मामिलामा विद्युतीय मोडलमा स्कुटर अझैसम्म सफल भइसकेका छैनन्। तर अब भने निर्माता कम्पनीहरू त्रुटी हटाएर पावरफुल स्कुटर ल्याउन जुटेका छन्।

स्कुटरको बजार बढेसँगै अत्याधुनिक प्रविधिमा आधारित सुविधा थपेर ल्याउने होडबाजी चलेको हो। आगामी वर्ष भारतमा पाँचवटा कम्पनीले विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन्। यी मोडलहरू प्रयोगकर्ताले रुचाउने दाबी उनीहरूको छ।

गियर नहुने र साइकल चलाउन जानेकाले पनि सजिलै चलाउन सक्ने भएकाले स्कुटरको लोकप्रियता बढेको छ। बिभिन्न कम्पनीका स्कुटरहरू बाइकभन्दा लोकप्रिय भइरहँदा अब कस्ता मोडल ल्याउँदा कारोबार प्रभावकारी हुन सक्छ भन्नेमा निर्माताहरूको ध्यान छ।। बाइक जतिकै पावरफुल मोडलमा ल्याइएपछि स्कुटरको माग अत्यधिक छ।

यतिबेला निर्माणको डिजाइनमा बिभिन्न उपाय लगाइरहेका कम्पनीहरूले थप सुविधायुक्त नयाँ मोडल बजारमा ल्याउन लागेको जनाएका छन्। भारतमा होण्डा, ओकिनावा, टिभीएस, किमको एफ-९ र भेस्पा लगायत कम्पनीले अत्याधुनिक प्रविधिसहितका नयाँ संस्करणका स्कुटर सार्वजनिक गर्न लागेका हुन्।

सार्वजनिक हुने तयारीमा रहेका नयाँ संस्करणका स्कुटर प्राय विद्युतीय छन्। यसका लागि कम्पनीहरूले प्रयोगकर्ताले केके खोज्छन् भन्ने रुचिलाई ध्यानमा राख्दै निर्माणका मोडलमा बिभिन्न प्रयोगहरू गरिरहेका छन्।

यस्ता छन् सन् २०२१ मा बजारमा आउने केही स्कुटर 

होण्डा फोर्जा ३००
यो मोडल मेक्सी स्कुटर (ठूलो फ्रेम भएको स्कुटर) सिरिज अन्तर्गतको हो।  सन् २०२० मै सार्वजनिक गर्ने योजना भए पनि कोभिड-१९ का कारण यसको बजारमा ल्याउने मिति पछि सारिएको हो। विद्युतमार्फत स्वचालित विन्डस्क्रिन जडान गरिएको स्कुटरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट की, लगायतका सुविधा समावेश गरिएको छ। २७७ सीसी इन्जिन क्षमताको यो स्कुटरको ७००० आरपीएम(रिभोलुसन पर मिनेट) मा २४.८ बीएचपी(ब्रेकिङ हर्सपावर) अत्यधिक पावर क्षमता छ।

ओकिनावा क्रुजर
विद्युतीय मेक्सी सिरिजमा रहेको यो स्कुटर चालु वर्ष २०२० को अटो एक्पोमा प्रदर्शनीमा राखिएको थियो। यसमा ठूलो ‘भी’ आकारमा डिजाइन गरिएको हेडल्याम्प जडान गरिएको छ। यो क्रुजर स्कुटरको सिटको लम्बाई पनि हाल बजारमा ल्याइएका मोडलहरूको तुलनामा केही बढी छ। फराकिलो ह्याण्डल बार जडान गरिएको स्कुटर लामो यात्राको लागि उपयोगी रहेको कम्पनीले जनाएको छ। एलइडी टेल लाइट, १४ इन्चको आलमुनिमयम अलोइ व्हिल प्रयोग गरिएको क्रुजरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट प्यानल समावेश गरिएको छ। यसमा जडान गरिएको एलसीडी डिस्प्लेमा चालकले कुदाएको गतिको मात्रा, रेन्ज, चार्जिङ अवस्था लगायत कुरा सहजै हेर्न सक्छन्। स्मार्ट फोनसँग जोड्न (कनेक्ट) सकिने कन्सोलमार्फत चालकले स्कुटर पत्ता लगाउन र टर्निङ नेभिगेसन लगायत सुविधा प्रयोग गर्न सक्नेछन्।
चार किलोवाट आवर (केडब्लुवाच) को रिमुभेवल ब्याट्री भएको स्कुटरमा तीन किलोवाट मोटर जडान गरिएको छ। एक पटकको चार्जमा १२० किलोमिटर माइलेज दिने यो स्कुटरले प्रति घण्टा १०० किलोमिटर सहजै गुड्न सक्ने कम्पनीले जनाएको छ।

टिभीएस स्रिओन
सन् २०१८ को अटो एक्स्पोमा प्रदर्शनमा राखिएको यो विद्युतीय स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट समावेश गरिएको छ। डिजिटल इन्स्ट्रुमेन्टमार्फत चालकले स्पीड, ओडोमिटर, ब्याट्रीपावर, राइडिङ रेन्ज लगायत अवस्थाबारे जानकारी लिन सक्नेछन्। यो स्कुटरमा जियो फेन्सिङ, हिल होल्ड कन्ट्रोल लगायत विभिन्न किसिमका राइडिङ मोड समावेश गरिएको छ। प्रति घण्टा १०० किलोमिटर गति क्षमता रहेको यो स्कुटरमा एक पटकको चार्जमा ८० किलोमिटर माइलेज क्षमता छ।

किमको एफ-९
दुई वटा हेडल्याम्प जडान गरिएको एफ-९ स्पोर्टी लुकमा छ। ४० एएच(एम्प आवर्स) क्षमताको लिथियम-आयोन ब्याट्री समावेश गरिएको यो स्कुटरमा ९.४ किलोवाटको मोटर जडान गरिएको छ। एक पटकको चार्जमा १२० किलोमिटर माइलेज क्षमता रहेको यो स्कुटर प्रति घण्टा ११० किलोमिटर गुड्न सक्ने कम्पनीले जनाएको छ।

भेस्पा इलेक्ट्रिक स्कुटर
नयाँ डिजाइनका स्कुटर बजारमा उतारेपछि बजार बढाएको भेस्पाले मोडलहरूमा प्रयोगलाई निरन्तरता दिएको छ। लामो समयदेखि पेट्रोल इन्जिन स्कुटर उत्पादन गर्दै आएको भेस्पाले अबको बजार विद्युतीय प्रविधिमा आधारित सवारी साधनको भएको निष्कर्ष निकालेको छ। त्यसैले नयाँ मोडल निर्माणमा प्लान्टमा काम अघि बढाएको छ। इलेक्ट्रिक स्कुटरमा प्रयोगकर्ताले खोज्ने सविधाहरू रहने कम्पनीले जनाएको छ। इन्स्ट्रुमेन्टल क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी लगायतका सुविधा जडान गरिएको विद्युतीय स्कुटर छिटै बजारमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।

6110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका