जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामले श्रीमतिको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

रामले श्रीमतिको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

यसैबीच कागेश्वरी मनोहरा ५ थली काठमाडौंका राम बहादुर तामाङले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी दिएर जन्मउत्सव भव्य तरिकाले मनाएका छन् । उनले आफ्नो श्रीमतिलाई जन्म दिनमा सिटिजन लाइफको सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् । उनले ७ लाख बीमाङक रकमको बीमा योजना दिएका हुन् ।

उक्त पोलिसी थली ब्रान्चका ब्रान्च म्यानेजर सुविन कुइकेलले हस्तान्तरण गरेको हुन् । उक्त अवसरमा सोही ब्रान्चका एजेन्सी म्यानेजर नविना खड्का र गंमला थापाको समेत उपस्थिती रहेको थियो ।

राम बहादुर तामाङले जीवनको सुरक्षा र सर्वेत्तम बचत हुनुको साथै भोलि भविष्यमा पर्न सक्ने जोखिममा पनि बीमाले साहारा दिने भएकाले आफ्नो श्रीमतिलाई जन्म दिनमा बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

त्यसैगरी कम्पनीका ब्रान्च म्यानेजर सुविन कुइकेलले एउटा जिम्मेवार नागरिक र जिम्मेवार श्रीमानको दायित्वलाई बुझेर आफ्नो धर्मपत्नीको बुढेसकालको साहारा आफैले बुझेर जन्मदिनको अवसरमा बीमा पोलिसी दिएकोमा खुशी व्यक्त गरे । साथै उनले भने बीमा सबैको लागि महत्वपुर्ण छ । बीमा बचतको साथै लगानी पनि भएकाले बीमा सबैको लागि अपरिहार्य बनेको छ ।

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका