जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

जीवन विकास लघुवित्तको आईपीओ आह बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले आज बाँडफाँड गरिने भएको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै पाउनेछन् । आवेदन दिएकाहरुमध्ये २० लाख जनाको हात खाली हुने देखिएको छ । त्यसैले लघुवित्तको आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने देखिएको छ । आवेदन दिएकाहरुको भेरिफाइ गर्न बाँकि रहेकाले २१ लख ८७ हजार ८८७ जनामध्ये केही संख्या घटबढ हुनसक्छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा २० लाख ८४ हजार ७६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६० कित्ता शेयरका लागी आवेदन दिएका छन् ।

बाँडफाँड पश्चात आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://www.nmbcl.com.np/shareallotment

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np

5145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका