जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मैलुङ खोला जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति

मैलुङ खोला जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति

मैलुङ खोला जलविद्युत कम्पनीले आइपीओ निष्काशन अनुमति पाएको छ।

कम्पनीले रसुवामा ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरेर संचालन गर्दै आएको छ।

स्थानीय प्रभावितको लागि चार वर्ष अघिनै तीन लाख ६८ हजार १४४ कित्ता सेयर बिक्रि गरिसकेको कम्पनीले यतिबेला भने आम सर्वसाधारणको लागि सात लाख ३६ हजार २८६ कित्ता सेयर जारी गर्न लागेको हो।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्रि गर्न लागेको हो।

आयोजनाले विद्युत उत्पादन गर्दा नाफा कमाएपनि २०७२ को भूकम्पले आयोजनामा क्षति भइ उत्पादन बन्द हुँदा कम्पनी घाटामा रहेपनि त्यसपछि भने फेरी कम्पनी नाफामा रहेको छ। कम्पनीले रसुवामा ५ मेगावाटको मैलुङ खोला निर्माण सम्पन्न गरि विगत ७ वर्षदेखि सञ्चालन गर्दै आएको छ।

अधिकांस साना जलविद्युत आयोजनाले लक्ष्य अनुसार विद्युत उत्पादन गर्न नसकेर जरिवाना माथि जरिवाना तिर्दै रुग्ण अवस्थामा पुगेपनि मैलुङ खोलाको अवस्था भने त्यस्तो छैन।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ। ७० प्रतिशत संस्थापक सेयर धनीको स्वामित्व रहेको कम्पनीमा १० प्रतिशत रसुवाका प्रभावित बासिन्दाको र २० प्रतिशत आम सर्वसाधारणको हिस्सा रहने छ।

8165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका