जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल र चीनबीच २० वटा सम्झौता

आर्थिक विशेष

नेपाल र चीनबीच २० वटा सम्झौता

नेपाल र चीनबीच २० वटा सम्झौता

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । शनिबार नेपाल आएका राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने बताएका थिए ।

चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको बताइएको छ ।

होटल सोल्टीमा आयोजित हस्ताक्षर समारोहलगत्तै चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी शनिबार नेपाल आएका थिए ।

9000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका