जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अस्वस्थ प्रतिस्पर्धाले कम्पनीहरु कम ट्यारिफमा बीमा गर्न बाध्य, नियममा बसेर काम गर्न सिलवालको निर्देशन

अस्वस्थ प्रतिस्पर्धाले कम्पनीहरु कम ट्यारिफमा बीमा गर्न बाध्य, नियममा बसेर काम गर्न सिलवालको निर्देशन

बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीको अण्डराइटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको तालिम हलमा आयोजना गरिएको यस कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण र पुजन ढुङ्गेलको उपस्थिति थियो । त्यस्तै इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा र सम्पुर्ण निर्जीवन बीमा कम्पनीका अण्डरराइटिङ विभागका प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन निर्देशक कर्णले गरेका थिए ।

बीमा समितिले चालु आर्थिक वर्ष २०७८/८९ को आफ्नो वार्षिक नीति तथा  कार्यक्रम बमोजिम अण्डराइटिङका क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा छलफल आयोजना गरेको हो । यो कार्यक्रम उपलब्धी मुलक भएको सहभागीले जनाएका छन् । छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी अण्डराइटिङ विभागका प्रमुखहरुले यस क्षेत्रमा धेरै नै समस्या रहेको जानकारी दिएका छन् ।

समस्याको प्रमुख कारण कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धा रहेकोमा सबैले स्वीकार गरेका छन् । प्रमुख कार्यकारी अधिकृतहरुले व्यवसाय ल्याउन दवाव दिए पछि ट्यारिफ भन्दा पनि कम दरमा पोलिसी जारी हुने गरेको उनिहरुको एक मत थियो । माथिबाटै काम गर्न निर्देशन आए पछि बाध्य भएर पोलिसी जारी गर्न बाध्य हुने उनिहरुको भनाइ थियो ।

जोखिमको वास्तविक मूल्याङ्कन नै नभइ पोलिसी जारी हुने गरेको सहभागिले जानकारी दिएका छन् । यदि एउटा कम्पनीले कुनै एउटा प्रोडक्टको ट्यारिफ रेट २ रुपैयाँ निर्धारण गर्यो भने अर्कोले १.५ रुपैयाँमै दिने र अर्कोले फेरी एक रुपैयाँ हुँदै तेस्रो चौथो कम्पनीले ०.५ रुपैयाँमै जारी हुने गरेको भन्दै उनिहरु आफ्नो अनुभव जनाएका छन् । कम्पनीहरु विचको अस्वस्थ प्रतिस्पर्धाले थोरै मूल्यमा जोखिम बहन गर्दा उनिहरुले लिएको बीमा शुल्कले पुनर्बीमा समेत गर्न पुग्दैन । यस्तो अवस्थामा कतिपयले पुनर्बीमा पनि गरेका हुँदैनन् । यदि त्यस्ता बीमाको दाबी पर्यो भने भुक्तानी गर्न सक्ने अवस्था हुँदैन ।

पुल मार्फत हुने व्यवसायमा समेत समस्या रहेको भन्दै उनिहरुले बीमा समितिलाई समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । सहभागिले समिति समक्ष समय सापेक्ष सम्पत्ती बीमाको बीमालेखमा परिमार्जन तथा संसोधन गरिदिन अनुरोध गरेका छन् । उनिहरुले सम्पत्ती बीमालेख निर्देशिकाको संसोधनका लागि पनि माग राखेका छन् ।

बीमा समितिले चेक क्लियरिङ नभइ पोलिसी जारी नगर्नु भन्ने निर्देशिकाले अप्ठ्यारो भएको भन्दै समिति समक्ष गुनासो व्यक्त गरेका छन् । अण्डराइटिङ विभागका प्रमुखहरुले ‘पोलिसी आजै सकिदैछ र बीमितिले आजै दुई बजेपछाडी चेक दिएर बीमा नविकरण गर्यो भने उक्त बीमा लागु हुने कि नहुने’ भन्दै प्रश्न गरेका थिए । उनिहरुको प्रश्नलाई संवोधन गर्दै अध्यक्ष सिलवालले कानुन भन्दा माथि कोहि पनि नहुने भएकाले कानुनमा जे लेखिएको छ सोहि अनुसार गर्नु भन्दै निर्देशन दिएका छन् । उनलले सबैलाई अनुसासन पुर्वक अस्वस्थ प्रतिस्पर्धा नगरी व्यवसाय गर्न अनुरोध गरेका छन् । यदि कम्पनीहरुले नियम भन्दा बाहिर गएर अस्वस्थ प्रस्पर्धा गरिरहेमा कारबाही गर्न बाध्य हुने भन्दै सिलवालले चेतावनी दिएका छन् ।

उनले भने ‘अहिले हामिले सबैलाई बुझाइरहेका छौ । तपाईहरु सुध्रिनु भएन भने हामो अर्को कदम चाल्न बाध्य हुने छौ । सबै जना कानुनको अधिनमा रहेर काम गरौ । तपाईहरुको के के समस्या छन् आउनुहोस बसेर समाधान गरौ त्यसका लागि म तयार छु ।’

4500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका