जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • करोडौंको नक्कली अन्तशुल्क स्टिकर सहित २ जना पक्राउ

करोडौंको नक्कली अन्तशुल्क स्टिकर सहित २ जना पक्राउ

सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डा रुपन्देहीले दुई जना व्यक्तिसहित करोडौं रुपैयाँको आन्तरिक राजश्व विभागको नक्कली अन्तशुल्क स्टीकर पक्राउ गरेको छ ।

उक्त पोष्टका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद आर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोवाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित एक घरबाट २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टीकर शुक्रबार राति बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उक्त घरमा छापा मारेर घर धनी २३ वर्षीय सहिद अन्सारी र उक्त ठाउँकै २४ वर्षीय अमानत अलीलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।

आन्तरिक राजश्व विभाग’ लेखेर छापिएको प्रति रोल ३ हजारका दरले ८० वटा रोल बरामद भएको छ । उनका अनुसार, राजस्व कार्यालयको प्रारम्भिक अध्ययन अनुसार बरामद गरिएका ती स्टीकरबाट अन्तशुल्क, भ्याट र आयकर गरि २ करोड ३५ लाख ६३ हजार रुपैयाँभन्दा बढी राजश्व छली गरेको विभागको अनुमान रहेको छ ।

पक्राउ परेका व्यक्तिको बयानको आधारमा ती स्टीकर ढुवानीका लागि प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी पनि नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग कार्यालय बुझाइएको अर्यालले बताए ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका