जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • बीमा पोलिसी सरेण्डर बढेको बढ्यै, प्राधिकरणले टोली बनाएर थाल्यो अध्ययन

बीमा पोलिसी सरेण्डर बढेको बढ्यै, प्राधिकरणले टोली बनाएर थाल्यो अध्ययन

नेपाल बीमा प्राधिकरणले कडाइ गरे पनि बीमा पोलिसी सरेण्डर (समर्पण) बढ्दै गएको छ। बीचमै बीमा पोलिसी छाड्ने प्रवृत्ति बढ्दै गएपछि प्राधिकरणले त्यसलाई निरुत्साहित गर्न प्रिमियम भुक्तानी गरेको ३ वर्ष वा त्योभन्दा बढी समय भएको हुनुपर्ने व्यवस्था गरेकामा त्यसका बाबजुद् सरेण्डर नघटेको हो।

आर्थिक वर्ष २०७७/७८ मा बीमा ९ अर्ब १८ करोड रुपैयाँको ६३ हजार ३६१ पोलिसी सरेण्डर भएकामा गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब २९ करोड रुपैयाँको १ लाख ९ हजार ४६० बीमालेख सरेण्डर भएको तथ्यांक छ।

चालु आर्थिक वर्ष ६ महिनामा मात्रै ७ अर्ब ४६ करोड रुपैयाँको ५४ हजार ४१४ पोलिसी सरेण्डर भएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डे अर्थतन्त्र शिथिल हुँदाको असर बीमा पोलिसीमा परेको बताउँछन्। ‘अर्थतन्त्र शिथिल भएका कारण बीचैमा बीमा पोलिसी छाड्ने क्रम बढेको हो,’ उनले भने।

बीमा प्राधिकरणले पोलिसी सरेण्डर बढेपछि यस विषयमा टोली गठन गरेर अध्ययन थालेको छ। प्राधिकरणले जीवन बिमक संघका प्रतिनिधि र विज्ञसहितको प्रतिनिधित्वमा अध्ययन थालेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले प्रिमियम भुक्तानी गरेको कम्तिमा तीन वर्ष भएको हुनुपर्ने व्यवस्था गर्दा पनि सरेण्डर बढेका कारण प्राधिकरणले यसको कारण पत्ता लगाउन अध्ययन थालेको बताए। ‘बीचैमा बीमा त्याग्ने क्रम किन बढेको हो भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।

2210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका