slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • गरुडा नगरपालिकाले घर पास गर्दा बीमालाई अनिवार्य गराउने

गरुडा नगरपालिकाले घर पास गर्दा बीमालाई अनिवार्य गराउने

गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले घर जग्गा पासका लागि आउने सेवाग्राहीलाई बीमा गर्ने पर्ने नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा समितिले आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रममा मेयर ईनु रायले आफ्नो नगरपालिकामा बीमालाई अनिवार्य गर्ने नीति बनाउने बताएका हुन् ।

रौतहटमा दाइजोका कारण धेरै नै पिडित हुने गरेको भन्दै छोरी जन्मने वित्तीकै जीवन बीमा गर्न सबैलाई अनुरोध गर्ने बताए । अहिलेदेखिनै छोरीको बीमा गर्ने हो भने भोलि बिबाह गर्दा अभिभावकले सजिलै आर्थिक जोहो हुने उनको तर्क रहेको छ ।

रौतहटमा बीमा सम्बन्धी जनचेतना एकदमै कम भएको भन्दै यस्तो कार्यक्रम गरेकोमा ईनु मियाले समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रममा स्थानीय स्तरमा रहेका बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, शिक्षक, व्यापारी, व्यवसायी, कृषक, अभिकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।

आजको कार्यक्रममा बीमाको सामान्य जानकारी पनि नभएका कृषक तथा सर्वसाधारणको उपस्थिति रहेको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए । आफ्नो पारिवारिक कठिनाइका बाबजुत पनि पूर्वनिर्धारित आजको कार्यक्रममा कर्णले बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा दुई सय हाराहारीको सहभागिता थियो । कार्यक्रममा उपस्थित भएका कृषकहरुले कृषि बीमाका लागि कुनै पनि कम्पनी तथा अभिकर्ताहरु नआएको भन्दै आक्रोसित भएका थिए ।

कृषि बीमाका लागि स्थानीय प्राविधिकहरुलाई बोलायो भने पनि बीमा शुल्क भन्दा अतिरिक्त पैसा माग्ने गरेको भन्दै उनिहरुले गुनासो पोखेका थिए । कृषकहरु स्वयं बीमा कम्पनीमा गएर कृषि बीमा गर्न अनुरोध गर्दा पनि उनिहरुले मान्ने गरेका छैनन् ।

अर्को तर्फ जीवन बीमाका अभिकर्ताहरुले पनि बीमितलाई लोभ्याउन अहिले बीमा गरेमा दुई तीन गुणा भन्दा धरै पैसा पाउन सकिने भन्दै मिस सेलिङ गर्ने गरेको भन्दै गुनासो आएको थियो । जीवन बीमा गर्दा ठुला ठुला सपना देखाउने तर वास्तविकतामा भने अनुसार नपाइएको भन्दै उनिहरुले यसलाई नियन्त्रण गर्न सुझाव दिएका थिए ।

कतिपय सहभागिले बीमा पनि गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए । त्यस्तै बीमा गरेका कतिपय बीमित तथा अभिकर्ताले नियम अनुसार कम्पनीहरुले सरेण्डर तथा कर्जाको सुविधा नदिएको भन्दै गुनासो गरेका थिए । उनिहरुको गुनासोलाई संवोधन गर्दै निर्देशक लालले पहिला जारी भएका पोलिसीमा त्यति वेला जारी भएका निर्देशन लागु हुने भएकाले पछिल्लो निर्देशनले पुराना पोलिसीमा प्रभाव नपर्ने भन्दै जवाफ दिएका थिए । सर्भेयरको कारणले गर्दा दाबी भक्तानीमा धेरै नै समस्या भएकाले नयाँ नयाँ सर्भेयर तयार पार्नु पर्ने भन्दै सुझाव दिएका थिए ।

5060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका