जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक गरेको छ ।  श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् । हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्बजनिक हुने गरेका छन् ।

हालसम्म काठमाडौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रालि उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् ।

यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना–ठूला सबै व्यावसायलाई समेट्ने यो योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

4720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?