जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुरु

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुरु

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पश्चात् एकीकृत कारोबार शुरु गरेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजदेखि वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा –२६, कास्कीबाट एकीकृत वित्तीय कारोबार शुरु गरेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था संचालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेका थिए ।

एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप/बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ भने देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भईरहेका छन् ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?