जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सानिमा बैंकको ‘जेनेरेशन सानिमा सेभिङ खाता’ सञ्चालन

सानिमा बैंकको ‘जेनेरेशन सानिमा सेभिङ खाता’ सञ्चालन

सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो ।

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सि-आस्वा आवेदन, देशभरीका भिसा नेटवर्क एटिएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ ।

यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

यस खाताले युवा वर्गहरु बीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

1460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?