जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक, वित्तीय संस्था पूर्ण रुपमा खोल्न पाइने, भिडभाड गरे कारवाही !

बैंक, वित्तीय संस्था पूर्ण रुपमा खोल्न पाइने, भिडभाड गरे कारवाही !

निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्नीहरु पूर्ण रुपमा खोल्न पाइने भएको छ ।

यसअघि सीमित शाखाबाट मात्रै सेवा दिँदै आएको बैंक वित्तहरुले अब भने पूर्ण रुपमा सञ्चालन गर्न पाउनेछन् ।
। तर भिडभाड भने भने गर्न पाइने छैन् ।

आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्दै उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा भनिएको छ, ‘बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो, ‘निषेज्ञामा बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्न पाइने छ तर न्यूनतम जनशक्ति राख्नुपर्नेछ । भिडभाड गरे कारवाही हुनेछ ।’

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका