जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेशनल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

नेशनल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले कामको शिलसिलामा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको आमा रिता केसी र बुबा दिपक केसीलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रवद्धक रामशरण बड्तौला कम्पनीका अन्य कर्मचारीको उपस्थितमा कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ

7815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका