जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको निर्देशन नेपाल बैंकले टेरेन

राष्ट्र बैंकको निर्देशन नेपाल बैंकले टेरेन

नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा यस्तो ठहर गरिएको हो। यसका साथै नेपाल बैंकले सर्वसाधारण लगानीकर्ता र सरोकारवालालाई सही सूचना प्रवाह नगरेको पनि प्रतिवेदनमा जनाइएको छ।

नेपाल बैंकले लाभांश घोषणा तथा वित्तीय विवरण साधारणसभा प्रयोजनाका लागि सार्वजनिक हुने वार्षिक प्रतिवेदन राष्ट्र बैंकको निर्देशनअनुसार प्रकाशित गर्नुपर्ने हुन्छ। तर, आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंकले त्यसो नगरेको पाइएको महालेखाले जनाएको छ।

राष्ट्र बैंकको पत्रानुसार बीमांकीय खर्च २ अर्ब २१ करोड र आर्थिक वर्ष २०७५/७६ जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको १ अर्ब १९ करोड रुपैयाँस्मेत गरी ३ अर्ब ४० करोड रुपैयाँ पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएको थियो।

उक्त रकम समायोजन गर्दा सञ्चित मुनाफा ३० करोड रुपैयाँले ऋणात्मक हुन्थ्यो। तर नेपाल बैंकले उक्त निर्देशन पालना गरी आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशतले हुने लाभांश १ अर्ब ८० करोड साधारणसभा पारित गरेको महालेखाले जनाएको छ।

6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका