जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको सदस्यमा महासंघको तर्फबाट अञ्जन श्रेष्ठ सिफारिस

धितोपत्र बोर्डको सदस्यमा महासंघको तर्फबाट अञ्जन श्रेष्ठ सिफारिस

नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ सिफारिस भएका छन् । 

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्षसमेत रहेका चन्द्र ढकालले नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् । 

सर्वोत्तमको शेयर खरिद प्रकरणमै मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिसकेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेको पाईएको थियो ।

7380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?