जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकको ५१ लाख संस्थापक सेयर बिक्रीमा

सानिमा बैंकको ५१ लाख संस्थापक सेयर बिक्रीमा
 सानिमा बैंक लिमिटेडका केही संस्थापक लगानीकर्ताले सेयर बिक्री गर्ने भएका छन्। बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो।
बैंकको यो सेयर विद्यमान सेयरधनीहरुले नै किन्न पाउने छन्। इच्छुक विद्यमान संस्थापक सेयरधीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सेयरको न्युनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकिएको छ। यस्तै संस्थापक सेयरधनीले न्युनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र सेयरधनीबाट आवेदन नपरे प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने छ। आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बुझाउन सकिन्छ।

3925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका