जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । नेपालका दुई डेब्युटान्ट सबिना राना र प्रिती राईले डेब्यु गोल गर्दै नेपाललाई जिताएका थिए ।

नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् । त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत टिममा रहेको गल्तीहरु सुधार गर्ने दुवै टिमले अपेक्षा राखेका छन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्स र सेप्टेम्बर २१ (असोज ५) मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

बंगलादेश छनोटको समूह ‘जी’ मा छ । यस समूहमा जोर्डन र इरान छन् 

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?