जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न

राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न

राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको थिएन । संस्थानले आज आफ्नो प्रधान कार्यालय रामशाहपथमा साधारण सभा सम्पन्न गरेको हो ।

सभामा संस्थानको लामो समयदेखि बाँकी रहेको आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को लेखापरीक्षण गरी पारित गरेको छ ।

। विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भए पछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।

उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएसँगै अब अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न गर्ने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।

संस्थानले गत आर्थिक वर्ष ०७७/०७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको संस्थानले जनाएको छ

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका