जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युवराज खतिवडासहित राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय

युवराज खतिवडासहित राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

‘राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ,’ मन्त्री कार्कीले भने।

नेपालका तर्फबाट अमेरिकाका लागि राजदूत नियुक्त युवराज खतिवडा, भारतका निलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, बेलायतका लोकदर्शन रेग्मीलगायत फिर्ता हुने छन्। 

5200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?