जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • श्रीलंकामा आर्थिक संकट बढेसँगै कोलम्बो स्टक एक्सचेन्ज पाँच दिनका लागि बन्द, बजार बुझ्ने

श्रीलंकामा आर्थिक संकट बढेसँगै कोलम्बो स्टक एक्सचेन्ज पाँच दिनका लागि बन्द, बजार बुझ्ने

श्रीलंकाको आर्थिक संकटलाई मध्यनजर गर्दै सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले कोलम्बो स्टक एक्सचेन्ज पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। स्टक एक्सचेन्ज अप्रिल १८ देखि २२ सम्म बन्द रहने  बताइएको छ।

कोलम्बो स्टक एक्सचेन्जको अप्रिल १५ मा बसेको संचालक समितिको बैठकले सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंका लाई सेयर बजार अस्थायी रुपमा बन्द गर्न आह्वान गरेको थियो।

कोलम्बो स्टक ब्रोकर्स एसोसिएसनसहित कोलम्बो स्टक एक्सचेन्जका अन्य संचालकले पनि मुलुकको आर्थिक संकट गहिरिएको उल्लेख गर्दै धितोपत्र बजार अस्थायी रुपमा बन्द गर्न माग गरेका थिए ।

सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले देशको वर्तमान अवस्थाले खासगरी सेयर बजारमा असर पार्ने आधारलाई ध्यानपूर्वक विचार तथा मूल्या‌ंकन गरी उक्त निर्णय लिएको बताएको छ। वर्तमान अवस्थामा व्यवस्थित र निष्पक्ष बजार सञ्चालन गर्ने क्षमता कायम रहन आवश्यक रहेको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले जनाएको छ।

वर्तमान आर्थिक अवस्थाहरूको गहन अध्ययन पश्चात् लगानीका स्पष्ट निर्णय लिनु लगानीकर्ता र बजारको हितमा हुने सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले धारणा व्यक्त गरेको छ। केही दिन बजार बन्द रहे बजार सहभागीहरुलाई मुलुकको वर्तमान अर्थतन्त्र बुझ्ने अवसर प्रदान हुने सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले बताएको छ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका