जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नाडाको साधारण सभा तथा निर्वाचन मसिंर २२ र २३ मा

नाडाको साधारण सभा तथा निर्वाचन मसिंर २२ र २३ मा

नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष  कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ । नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।  

4450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका