जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ५ जना कर्मचारीको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकले ५ जना कर्मचारीको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकले ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले विशिष्ट तहका ती कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै जिम्मेवारी हेरफेर गरेका हुन् । यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् ।

राष्ट्र बैंकका अनुसार यसअघि राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा पठाइएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए उता, वित्त कम्पनी सुपरीवेक्षण र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक एक अर्काको जिम्मेवारीमा सारफेर भएका छन् । यसअघि वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।

रामु पौडेल र विश्रुत थापा केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । भुवन कँडेल र पिताम्बर भण्डारी लामो समयदेखि सोही विभागमा थिए । रेवती नेपाललाई केही महिना अघि मात्रै भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको थिए ।

राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नरले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् ।

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका