जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
  • होमपेज
  • पूर्व प्रधानमन्त्री केपी ओलीको संरक्षणमा ठगी धन्दा चलाएका इसेवाका डनहरुको अर्को ठगी धन्दा छताछुल्लः राष्ट्र बैंकका डिपुटी गर्भनर मिश्रको साथ ?

पूर्व प्रधानमन्त्री केपी ओलीको संरक्षणमा ठगी धन्दा चलाएका इसेवाका डनहरुको अर्को ठगी धन्दा छताछुल्लः राष्ट्र बैंकका डिपुटी गर्भनर मिश्रको साथ ?

पूर्व प्रधानमन्त्री केपी ओलीका आईटी सल्लाहकारको छाता ओढेर ठगी धन्दा चलाउदै आएका इसेवाका डनहरु अस्गर अली, विश्वास ढकाल, सुवास सापकोटाको अर्को ठगी धन्दा बाहिर आएको छ । भने उनीहरुको ठगी धन्दालाई राष्ट्र बैंकका डिपुटी गर्भनर बमबहादुर मिश्रले साथ दिँदै आएको फेला परेको छ ।

इसेवाले विभिन्न सेवा दिने नाममा सोझा साझा जनता दिन दहाडै ठगी गर्दै आएको फेला परेको छ । नेपाल राष्ट्र बैंकले आँखा चिम्लिदा इसेवाले फेरि ठगी भन्दा चलाएको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।
इसेवाको नाममा डिजिटल पैसाको कारोबार गर्ने यस कम्पनीले जताततै ठगी धन्दा मच्चाउँदा पनि राष्ट्र बैंक किन चुप छ । यसको खोजी हामीले शुरु गरेका छौं ।

इसेवा आम नेपालीको दैनिकीसँग जोडिएको छ । तर, भित्तामा हेर्ने टेलिभिजन, छिन छिनमा कानमा कराउने मोबाइल, इन्टरनेट सुचारु हुन इ–सेवा आवश्यक पर्ने देखिन्छ । तर, कतिबेला लाईट च्वाट्टै काटिन्छ । तत्काल इसेवाबाट बिल भुक्तानी गर्दा एक कम चिया पिउन नभ्याउँदै काटिएका लाइनहरु जोडिन्छन् । भनिन्छ यति मात्रै होइन पछिल्लो समय शेयर, विद्युत, फोन, इन्टरनेट, कर, विद्यालय शुल्क, टिभीको शुल्क, सिनेमाको टिकट, अनलाईन सपिङ, फुडकोर्टपछि अहिले बीमा शुल्क भुक्तानीमा इसेवाको प्रवेश भएको छ । तर, यी सेवा दिन दहाडै इसेवा फोन पे प्रा.लिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुवास सापकोटा, पूर्व सीइओ अस्गर अली र अध्यक्ष विश्वास ढकालले जनता ठगी गरेका छन् । भन्दा अब चाहि फरक पर्दैन ।

कथा यस्तो छ !
नेपालमा डिजिटल भुक्तानी गर्ने पहिलो भनिएको इ–सेवाबाट सयौं सोझासाझा जनता ठगिएको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन ।
इ–सेवाले ल्याएका क्यास ब्याक र कमिशनको लोभले यी एपका एजेन्टहरु अब फस्ने निश्चित देखिन्छ । सत्ता र शक्तिको भरमा विगत देखि घुमाउरो पारामा ठगी धन्दा चलाउदै आएको इ–सेवाले यसरी आफ्नै एजेन्ट मार्फत जनता लुट्ने काम गरे पनि सञ्चालनको अनुमति दिने नेपाल राष्ट्र बैंक बेखबर झै बनेको छ भन्दा फरक पर्दैन । अर्थमन्त्री जनार्दन शर्माज्यू हेक्का होस् ।
नेपालमा पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसंगै अपराधका तरिका र स्वरूप बदलिएको देखिन्छ ।

बिश्वभर आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाएको मुद्राको आधुनिक डिजिटल स्वरूप हो, क्रिप्टो करेंसी भन्दा फरक पर्दैन । सामान तथा सेवा खरिद गर्ने बदलिएको शैली हो, अनलाइन पसल । र एकै क्लिकमा भुक्तानी प्राप्त गर्न, तिर्न र पठाउन सकिने नेपालकै पहिलो पेमेन्ट गेटवे हो, इसेवा भन्दा फरक पर्दैन । तर, यसबाटै जनता ठगीएको भेटिएको छ । किन हुँदैन कारवाही ?

यी तिनैको प्रयोगले एउटा मान्छेको आफ्नो दैनिकी सहज र सरल मात्र बनाएको छैन, यसको दुरुपयोगले पछिल्लो समय आफुलाई आधुनिक समाजको एउटा हिस्सा ठान्ने धेरै नेपालीलाई लुट्ने काममा इ–सेवाले सहयोग गरेको देखिन्छ । गर्भनर साब हेक्का होस् ।
इसेवाको प्रयोग गरि नेपालमा कारोबार गर्नलाई गैरकानुनी घोषणा गरिएको बिटकोईन लगायतका क्रिप्टो करेंसीको ब्यापार गरिरहेको भेटिएको छ गर्भनर साब हेक्का होस् ।

बजार मुल्य भन्दा सस्तोमा सामान खरिद गर्न पाउने आशमा बिना कुनै शंका नगरी पैसा हाल्नेहरु र क्यास ब्याक र कमिसन मार्फत कमाईने आशमा रहेका इसेवाका एजेन्टहरु यी अपराधिक गतिबिधि गर्नेहरुको माहिर बनेको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् । भनिन्छ फेसबुक लगायतका शोसियल मिडियाबाट अनलाइन पसलमा बजार मुल्य भन्दा अत्यन्त सस्तो मुल्यमा आइफोन वा त्यस्तै सामाग्री देखाइन्छ । बजार मुल्य भन्दा सस्तो पाउने लोभमा फस्ने व्यक्तिहरु यिनीहरुका ग्राहक बन्न पुग्छन् । भन्दा फरक पर्दैन । यसरी बनेका ग्राहकलाई अफरमा राखिएको सामानको केहि प्रतिशत पैसा अग्रिम भुक्तानी गर्न लगाइन्छ । तर पैसा भुक्तानी गर्नलाई अनलाइन पसलवालाले आफ्नो बैंक खाता दिनुको साट्टो बिटकोईन वा त्यस्तै प्रकारका क्रिप्टो करेंसी बिक्री गर्नेले दिएको इसेवा एकाउन्ट दिने गरेको खुलेको छ । भन्दा फरक पर्दैन । यो ठगी नभए के हो गर्भनर साब ?

अनलाइन पसलेले क्रिप्टो करेंसी किने बापतको पैसा भुक्तानी गर्नलाई क्रिप्टो ब्यापारीले दिएको इसेवाको खाता सामानको अग्रिम पैसा तिर्ने ग्राहकलाई दिन्छन । र चोरमा चण्डाल भनेझैँ क्रिप्टो ब्यापारीले पनि आफु समातिने डरले आफ्नो वास्तविक खाता नदिएर नजिकको इसेवाको एजेन्टको खाता उपलब्ध गराउँछ । भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । ग्राहकले अनलाइन पसलेको इसेवा खातामा पैसा पठाएको ठानेपनि उसले वास्तवमा क्रिप्टो ब्यापारीले दिएको इसेवाका एजेन्टको खातामा पैसा हालेको भेटिएको छ यो ठगी नभए के हो ?

यसरी नक्कली अनलाइन पसलले सस्तोमा सामान देखाएर आफले ग्राहक बनाएकाबाट क्रिप्टो ब्यापारीलाई भुक्तानी दिएका छन् भने क्रिप्टो ब्यापारीले पनि इसेवाको एजेन्टको खाता प्रयोग गरेर आफ्नो भुक्तानी लिईरहेका छन्। इसेवाका एजेन्टहरुले आफ्नो खाता अर्थात मोबाइल नम्बर तथा इमेल आइडी बाहिर बोर्डमा नै राख्ने भएकाले क्रिप्टो ब्यापारीले सहजै यिनीहरुको खाता प्रयोग गरिरहेका छन् भन्दा फरक पर्दैन । यसको खोजी अब शुरु भएको छ ।
आफुले अग्रिम तिर्दा पनि समान नपाउने अवस्थामा पुगेका ग्राहकले उजुरीमा क्रिप्टो ब्यापारीले पैसा पाउनलाई प्रयोग गरेका इसेवाको एजेन्टहरु माथी कारवाही जरुरी देखिन्छ । गर्भनर साब ! क्रिप्टो किन्नेले नक्कली अनलाइन पसल खडा गरेर ग्राहक बनाएर यी ग्राहकबाट भुक्तानी गराएका छन् भने क्रिप्टो ब्यापारीले पनि नजिकको इसेवाका एजेन्टको खाता प्रयोग गरि आफुले क्रिप्टो बिक्री गरे बापतको भुक्तानी लिईरहेका छन् । यो अचम्मको ठगीलाई कसले कारवाही गर्ने हो ? अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेपाल राष्ट्र बैंकले बिटकोइन लगायतका क्रिप्टो करेंसीको कारोबार गैरकानुनी घोषणा गरेपनि इसेवा किन यिनीहरुलाई पैसा दिइरहेको छ । गर्भनर साब छानवीन होस् र तत्कालै इसेवा माथी कारवाही होस् । यसरी क्रिप्टो ब्यापारीले पनि नजिकको इसेवाका एजेन्टको खाता प्रयोग गरि आफुले क्रिप्टो बिक्री गरे बापतको भुक्तानी इसेवा मार्फत लिईरहेको पुष्टि भएपछि नेपालका वाणिज्य बैंक तथा विकास बैंकहरुले आफ्नै मोबाइल एपहरु सार्वनकि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका