जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मेगा बैंकको साधारण सभा पुस ७ गते, लाभांश ७.७९ प्रतिशत पारित हुने

मेगा बैंकको साधारण सभा पुस ७ गते, लाभांश ७.७९ प्रतिशत पारित हुने

मेगा बैंक नेपाल लिमिटेडले पुस ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ७ दशमलव ७९ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।

यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले बोनस शेयर वापत रू. ६४ करोड ४८ लाख १८ हजार ४५८ र नगद लाभांश वापत रू. ६१ करोड २ लाख ४३ हजार २८० वितरण गर्न लागेको हो ।

उल्लेखित प्रस्ताव सहित सभाले मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा रहेका छन् । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

1475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका