जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मानुषी लघुवित्तको तीन लाख कित्ता आइपीओ बिक्री एसबिआई मर्चेण्टले गर्ने

मानुषी लघुवित्तको तीन लाख कित्ता आइपीओ बिक्री एसबिआई मर्चेण्टले गर्ने

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको (प्रारम्भिक) सार्वजनिक निष्काशन (आइपिओ)को विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

लघुवित्तको प्रति शेयर अंकित मूल्य रु. १ सय दरका ३ लाख कित्ता शेयर बराबर तीन करोड रुपैयाँबराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानोगौचरण, काठमाण्डौमा आज आयोजित एक समारोहबीच  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका