जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकर्स संघ नयाँ कार्य समितिले उपाध्यक्षमा सुनिल केसी चयन गर्यो

बैंकर्स संघ नयाँ कार्य समितिले उपाध्यक्षमा सुनिल केसी चयन गर्यो

बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय चयन भएका छन्। बाँकी पदमा सबै जना निर्विरोध निर्वाचित भएका छन्। 

एक जनाको मात्र दाबेदारी परेपछि संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध भएका हुन्। यसअघि उनी उपाध्यक्ष थिए। अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ।

पाँच जना सदस्य पद रिक्त रहेकोमा तीन जना दोहोरिएका छन्। दोहोरिनेमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, नेपाल एसबिआइ बैंकका दीपककुमार दे र नेपाल बैंकका कृष्णबहादुर अधिकारी छन्।

कार्यकाल सकिएर एनसीसी बैंकका रमेशराज अर्याल बाहिरिएका छन्। माछापुच्छ्रे बैंकबाट राजीनामा गरेपछि सुमन शर्मा सदस्य रहेको एउटा पद रिक्त थियो। उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि फेरि सदस्यमा फर्किएका छन्।

रिक्त पदमा एनआइसी एसियाबाट रोशनकुमार न्यौपाने र लक्ष्मी बैंकबाट अजयविक्रम शाह चयन भएका छन्।

उपाध्याय अध्यक्ष बनेपछि उपाध्यक्ष पद रिक्त भएको थियो। रिक्त उपाध्यक्ष पदमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई ल्याइएको छ। केसी  सदस्य थिए। 

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका