जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • संस्थापक शेयर खरिदमा राष्ट्र बैंकको नयाँ निर्देशन

संस्थापक शेयर खरिदमा राष्ट्र बैंकको नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा संस्थापक शेयर खरिद गर्दा कुनै पनि वित्तीय संस्थाबाट ऋण लिएर खरिद गर्न नपाइने भएको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

यस बैंकले संस्थापक समूहको शेयर नामसारी वा बिक्री गर्न स्वीकृति दिएको मितिले ३ महिनाभित्र आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गरी सक्नु पर्ने नयाँ निर्देशनमा उल्लेख गरेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष नपुगेको व्यक्तिले संस्थापक शेयर खरिद गर्न पाउने छैन ।

त्यस्तै सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको आन्तरिक वा बाह्य लेखापरीक्षकमा नियुक्त रहेको भएका व्यक्तिले पनि संस्थापक शेयर खरिद प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।

4355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?