बैंक अफ काठमाण्डू (बिओके) ले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले १४ प्रतिशत लाभांशको एजेण्डा पारित गर्ने छ।
बैंक सञ्चालक समितिले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ६५ करोड रुपैयाँ छ। जगेडा कोषमा ५ अर्ब ७१ करोड रुपैयाँ छ। बैंकले गत वर्ष एक अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।
बैंकको सञ्चालक समितिले मर्जर बारे साधारणसभामा कुनै एजेण्डा राखेको छैन। जबकी बजारमा बैंक मर्जरमा जानका लागि छलफल भइरहेको चर्चा हुने गरेको छ।