जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रिलायन्स फाइनान्सले ४ करोड नाफा कमायो

रिलायन्स फाइनान्सले ४ करोड नाफा कमायो

 चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेडले रू. ३ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  शनिवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा भने करिब ५६ प्रतिशत खुद नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड ६८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष इम्पेरमेन्ट चार्जसहित कर्मचारी खर्च लगाएतका शिर्षकमा बढी खर्च भएकाले सञ्चालन नाफा समेत करिब ५६ प्रतिशतनै घटेको छ । गत वर्ष रू. १२ करोड ४० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ४६ लाखभन्दा बढीमात्र यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ७९ लाख ३१ हजार छ ।

१५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ५ करोड ३० लाख ६ हजार पु¥याएको कम्पनीको शेयर प्रिमियम र रिटेन्ड अर्निग सहित जगेडा कोष रकम रू. २२ करोड ८४ लाखभन्दा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३६ करोड ३९ लाखभन्दा बढी थियो । गत वर्षको भन्दा यस वर्ष कम्पनीको शेयर प्रिमियम र रिटेन्ड अर्निग सहितको जगेडा कोष रकम ३७ दशमलव २२ प्रतिशत घटेको हो । 

यस वर्ष गत वर्षभन्दा १० दशमलव ४३ प्रतिशत बढी रू. ६ अर्ब २५ करोड ५६ लाख निक्षेप संकलन गरेको कम्पनीले १६ दशमलव २२ प्रतिशत बढी रू. ५ अर्ब ११ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ८८ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३ दशमलव ६९ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ७० छ । यस अवधिसम्म कम्पनीले ३८ दशमलव ३३ प्रतिशत तरलता व्यवस्थापन गरेको छ । 

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका