जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • भारतको सबैभन्दा धनी ३७ वर्षे रोशनी नादार

भारतको सबैभन्दा धनी ३७ वर्षे रोशनी नादार

रोशनी नादार भारतमा सबैभन्दा धनी महिला बनेकी छन् । ३७ वर्षे नादार एचसीएल टेक्नोलोजी कम्पनीको कार्यकारी निर्देशक हुन् ।

उनीसँग ६० हजार करोड रुपैयाँ सम्पत्ति छ । रोशनीले कम्पनी मात्रै चलाउँदिनन उनी शिव नादार फाउण्डेसनको शिक्षा अभियानमा समेत योगादन पुर्याउँछिन ।
त्यस्तै, दोस्रो महिला धनीमा समिता भी क्रिस्मा छिन् । गोदरेज ग्रुपकि ६८ वर्षे क्रिस्मासँग ५० हजार करोड रुपैयाँ सम्पत्ति छ ।

त्यस्तै, बायोकोनकि किरण मजुम्दर शाह सेल्फ–मेड धनी महिलाको सूचिमा परेकी छन् ।

भारतीय धनीहरुको सूचीमा ४० प्रतिशत महिलाहरुले सम्पत्ति फार्माच्यूटिकल, सफ्टवेयर, एफएमसीजी र सेवा क्षेत्रबाट कमाएका छन् ।

धनीहरुको सम्पत्तिमा गत वर्षको तुलनामा २ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा ३४४ जनाको सम्पत्ति कम भएको छ भने ११२ जनाले १ हजार करोड भारुको आँकडा पार नै गर्न सकेनन् ।

रिपोर्ट अनुसार १ हजार करोड भारुभन्दा बढी सम्पत्ति हुनेहरुको संख्या बढेर ९५३ पुगेको छ । यो संख्या गत वर्ष ८३१ थियो । त्यस्तै, बिलेनियर्सको सूचीमा भने १४१ बाट घटेर १३८ जना पुगेको छ ।

गैर आवासीय भारतीयहरुमध्ये ८२ जनामध्ये ७६ प्रतिशत ३१ जनाले सेल्फ–मेड सम्पत्ति आर्जन गरेका थिए । गैर आवासीय भारतीयहरु सबैभन्दा धेरै अमेरिकामा छन् । त्यस्तै, दुबई र बेलायतमा पनि छन् । जसमा १५२ महिलाहरु छन् । जसको औसत उमेर ५६ वर्ष छ । ऐजेन्सीे

7695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका