जोडिनुहोस
मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश पारित गर्न मंसिर २९ मा डाक्यो साधारण सभा

बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश पारित गर्न मंसिर २९ मा डाक्यो साधारण सभा

बैंक अफ काठमाण्डू (बिओके) ले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले १४ प्रतिशत लाभांशको एजेण्डा पारित गर्ने छ।

बैंक सञ्चालक समितिले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ६५ करोड रुपैयाँ छ। जगेडा कोषमा ५ अर्ब ७१ करोड रुपैयाँ छ। बैंकले गत वर्ष एक अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

बैंकको सञ्चालक समितिले मर्जर बारे साधारणसभामा कुनै एजेण्डा राखेको छैन। जबकी बजारमा बैंक मर्जरमा जानका लागि छलफल भइरहेको चर्चा हुने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका