जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकको सम्पूर्ण बचत खातामा सम्पूर्ण सुबिधा

सनराइज बैंकको सम्पूर्ण बचत खातामा सम्पूर्ण सुबिधा

नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । सन्राइज सम्पुूर्ण बचत खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् । उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ ।

साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् । यस बचत खातामा ग्राहकहरुले रु ८०,००० सम्मको अस्पताल भर्ना खर्च र रु २०,००० सम्मको इएम् खर्च बिमाका साथै रु ५ लाख सम्मको दुर्घटनाको बिमा सुबिधा पाउनुहुने छ । बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

2805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका