जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनबी बैंकको शेयर काण्ड छताछुल्ल, गर्भनर साब यो के हो ? एनबी बैंकले सम्बेदनशील सूचना लुकाउदाँ किन भएन कारवाही ? कहाँ छ राष्ट्र बैंक ?

एनबी बैंकको शेयर काण्ड छताछुल्ल, गर्भनर साब यो के हो ? एनबी बैंकले सम्बेदनशील सूचना लुकाउदाँ किन भएन कारवाही ? कहाँ छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंक सत्ता र शक्तिको आँडमा कतिसम्म निरिह बन्छ भन्ने कुराको उदाहरण एनबी बैंक लिमिटेडको शेयर खरिद विक्रीको सम्झौता प्रस्ट पारेको छ भन्दा फरक पर्दैन । डिपुटी गर्भनर हुँदा कमाएको उच्च छवीलाई महाप्रसाद अधिकारीले गर्भनर भएपछि तिलाञ्जी दिएका छन् भन्दा अब चाहि फरक पर्दैन । पद ठूलो कुरा होइन आफ्नो काम र नीति निर्देशन ठूलो कुरा हो गर्भनर साब हेक्का होस् । अधिकारीले लिने कि नलिने अर्थमन्त्री जनार्दन शर्माज्यू, तत्कालै यस विषयमा अर्थमन्त्रालयले गर्भनरलाई सोधपुछ गर्नु पर्दछ कि पर्दैन ? नेपाली कानूनले बैंक र वित्तिय संस्थालाई लुकाएर कारोबार गर्ने अधिकार दिएको देखिदैन । हेक्का होस् ।

चोरबाटोबाट शेयर बंगलादेशमै एनबी बैंकले विक्री गरेको देखिन्छ । तर, राष्ट्र बैंक बोल्दैन कारण के हो ? नीतिगत भष्ट्राचार नभएर यो के हो गर्भनर साब ? के कांग्रसीहरुको बैंकलाई सबै कुरा छुट दिने ? तपाईको योजना नै छ कि कसो ? तपाई केपी ओली नेतृत्वले गर्भनर बनाएको मान्छे हो । यो घाम जस्तै छलङ्ग छ । हेक्का होस् ।

नेपाल बंगलादेश बैंकले अर्बपति विनोद चौधरीको कम्पनीलाई बंगलादेशमै शेयर बेचेको फेला परेको छ गर्भनर साब । यी प्रमाणले त्यो कुरा पुष्टी गरेको छ गर्भनर साब न तपाईको राष्ट्र बैंकलाई जानकारी गराएको छ नत स्टक एक्सचेन्जलाई नत नेपाल धितोपत्र बोर्डलाई । यसले शेयर बजारमा कस्तो असर ग¥यो । यसको जिम्मा गर्भनर साब ? यी डकुमेन्टबाट प्रस्टै देखिन्छ ।
इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड, आईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर सम्भावित खरिदकर्तासँग हस्ताक्षर भईसकेको छ तर राष्ट्र बैंक बोल्दैन कारण के हो ?

आईएफआईसीले त्यहाँको स्कट एक्सचेन्जलाई नेपालमा रहेको नेपाल बंगालदेश बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीको लागि सम्भावित खरिदकर्तासँग हस्ताक्षर भईसकेकोबारे जानकारी गराएको देखिन्छ । तर, नेपालको स्टक एक्सचेन्जलाई किन जानकारी दिएन । यो खोजीको विषय बनेको छ ।

आईएफआईसीले डिसेम्बर ३०, २०२१ अर्थात पुष १५, २०७८ मा हस्ताक्षर भईसकेको बारे त्यहाँको स्टक एक्सचेन्जलाई जानकारी गराएको हो । र आइएफआईसीले यो सूचना आफ्नो वेबसाइटमा प्राइस सेन्सेटिभ इन्फर्मेसन (मूल्य सम्वेदनशील सूचना) भनेर सेयरधनी लगानीकर्तालाई जानकारी दिएको देखिन्छ । गर्मनर साब हेक्का होस् ।

तर नेपाल बंगलादेश बैकले भने यस सम्बन्धमा सूचना नत नेपाल स्टक एक्सचेन्ज ’नेप्से’ मा जानकारी गराएको छ, नत धितोपत्र बोर्ड वा नेपाल राष्ट्र बैंकमा । यो कस्तो पावरफूल (डन) कांग्रेसी बैंक हो । गर्भनर के यसमा तपाईको समेत मिलोमतो छ भन्ने चर्चा छ । तत्कालै छानवीन होस् र एनबी बैंकलाई कारवाही होस् । नेपाल बंगलादेश बैंकले मात्रै नभई सेयर खरिदको लागि सम्झौता गरेको चौधरी ग्रुपले समेत यसबारे नेपालको सरोकारवाला नियमन निकायलाई कहीं कतै जानकारी गराएको छैन ।

यसले नेपालका कम्पनीहरु प्राइस सेन्सेटिभ इन्फर्मेसन अर्थात् मूल्य सम्वेदनशील सूचना सम्बन्धमा कति जिम्मेवार छन् भन्ने कुराको एउटा गतिलो उदाहरण देखाएको छ । गर्भनर साब ।

6100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका