जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट बैंकले पुरा गर्यो ३६औँ वर्ष

नेपाल इन्भेष्टमेण्ट बैंकले पुरा गर्यो ३६औँ वर्ष

नेपाल इन्भेष्टमेण्ट बैंकले ३६औँ वर्ष पुरा गरेको छ ।

सो अवधिमा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको जनाएको छ ।

पाँच पटकसम्म बैंब हफ द यएर तथा युराे मनी अवार्ड बाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।

बैंकले सो अवसरमा रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गर्यो ।

6255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?