जोडिनुहोस
सोमवार, साउन ११, २०८३
सोमवार, साउन ११, २०८३
  • होमपेज
  • वाणिज्य विभागले तीन फर्मलाई तिरायो जरिबाना

वाणिज्य विभागले तीन फर्मलाई तिरायो जरिबाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा फर्मलाई जरिबाना तिराएको छ। विभागले मंगलबार बजार अनुगमन गरी ललितपुरको इमाडोलस्थित दशरथ ग्रोसरीलाई ५० हजार र टिकाथलीस्थित ए एण्ड ए सपिङ सेन्टरलाई ५ हजार तथा भक्तपुरको बालकोटस्थित शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार रुपैयाँ जरिबाना तिराएको हो।

त्यस्तै, कुलेश्वरस्थित सिम्रन एण्ड श्रुती ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजपत्र लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य १४ वटा फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ।

385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका