एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १७ मा १६ औं वार्षिक साधारणसभा गर्ने भएको छ। सभाले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभाशको विशेष एजेण्डा पारित गर्ने भएको छ।
अन्य प्रस्तावतर्फ सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ। यस्तै लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ।
विशेष प्रस्तावतर्फ सभाले प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने हुँदा सो अनुसार प्रबन्धपत्र तथा नियमावली सशोधन गर्ने र सम्बन्धित नियामकको निर्देशन अनुसार फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।
१६ औं वार्षिक साधारण सभाका प्रयोजनका चैत ६ गते एक दिनका लागि इन्स्योरेन्सको सेयरधनी दर्ता किताब बन्द हुनेछ। जस अनुसार चैत ५ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।
सभा बिहान बजेपछि बालुवाटारको आम्रपाली ब्याङ्केटमा हुने इन्स्योरेन्सले जनाएको छ।