जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितोकर्जा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितोकर्जा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सुविधाको विकास गरेको छ ।  बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो । 

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइलएप “Global Smart Plus” वा वेभ  “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिनसक्ने छन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने बैंकले जनाएको छ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतवा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने बैंकले जनाएको छ ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका